मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वपश्चिम रेल मार्गको काम तीव्र

gorkhapatraonline.com · Sat Dec 23 00:33:52 GMT 2023

रवीन्द्र उप्रेती

बर्दीबास, पुस ७ गते । मुआब्जालगायतका विवादले केही समय सुस्ताएको पूर्वपश्चिम ब्रोडगेज रेल मार्गको कामले गति लिएको छ । विवाद समाधानपछि बर्दीबासमा अहिले दुई चरणको रेल मार्ग निर्माणाधीन छन् । बर्दीबास–निजगढ ७० किमी र बिजलपुरा बर्दीबास १७ किमी रेल मार्गको काम दु्रत गतिमा भइरहेको छ । बर्दीबास–निजगढ खण्डका इन्जिनियर सुरेश साहका अनुसार यो खण्डमा अहिले बर्दीबासदेखि रौतहटको सन्तपुरसम्म धमाधम काम भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)