याङवरकका किसान अलैँचीप्रति आकर्षित, अन्नबाली विस्थापन
onlinekhabar.com · Tue Sep 29 01:18:37 GMT 2026

१३ असोज, पाँचथर । याङवरक गाउँपालिका वडा नं १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छाडे ।
सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउँछिन् । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)