राष्ट्रिय क्रिकेट टोलीको कप्तान रोहितलाई पूर्वप्रधानमन्त्री ओलीले दिए बधाई
annapurnapost.com · Sat Nov 12 00:56:00 GMT 2022
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा रोहितकुमार पौडेललाई बधाई दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान पौडेललाई शुक्रबार कप्तानको जिम्मेवारी दिएपछि ओलीले बधाई दिएका हुन्।
‘नेपाली क्रिकेट टिमको क्याप्टेन नियुक्त हुनुभएकोमा रोहित पौडेललाई हार्दिक बधाई !’एमालेका अध्यक्ष ओलीले भने, ‘उहाँको नेतृत्वमा नेपाली क्रिकेटले अझ सफलता प्राप्त गरोस्, शुभकामना !’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)