भोलिदेखि दोलखाको भीमेश्वर मन्दिरको शिलाको प्रत्यक्ष दर्शन गर्न पाइने
news24nepal.tv · Sun Sep 12 16:37:05 GMT 2021
दोलाखा । दोलखाको भीमेश्वर नगरपालिका–२ मा अवस्थित प्रसिद्ध भीमेश्वर मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराजमान श्रेष्ठका अनुसार कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको भीमेश्वर मन्दिर सोमबार (भोलि)देखि पूर्ण रुपमा सर्वसाधारणका लागि खुला गरिएको हो ।
वडाध्यक्ष श्रेष्ठका अनुसार भोलिदेखि (सोमबार)देखि सरकारले जारी गरेको सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरेर सर्वसाधारणका लागि मन्दिर पूर्ण रुपमा खुला गरिएको हो । अब सर्वसाधारण भक्तजनहरुले मन्दिरको शिलाको प्रत्यक्ष दर्शन गर्न पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)