मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोविन्द केसीको सत्याग्रहमा स्थानीयबाटै किन भयो विरोध ?

ratopati.com · Mon Dec 18 01:12:00 GMT 2023

धनगढी । तीन दिने अनसनको क्रममा कैलाली आएका डाक्टर गोविन्द केसीको अनसनको स्थानीय स्तरबाटै विरोध भइरहेको छ । कैलालीको गोदावरी नगरपालिका १ गेटामा निर्माण भएको संरचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको लागि यहाँका स्थानीयहरू संघर्ष गर्दै आएका छन् । तर मङ्सिर २९ गतेदेखि अनसन सुरु गरेका केसीले विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने अडानमा बसेपछि उनको विरोध भइरहेको हो ।

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अनसन बस्न आएका केसीसँग सरकारसँगको मागमा विश्वविद्यालय नभएको भन्दै संघर्ष समितिले स्पष्टीकरण मागेपछि केसी रिसाएर धनगढी फर्किएका थिए । त्यसपछि धनगढीस्थित कृष्ण मन्दिरमा उनले अनसन सुरु गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)