चोलेन्द्र नबोल्दै किन बोल्यो सर्वोच्च ? अदालतलाई किन मुछे मनोजले ?
barnanmedia.com · Tue Sep 29 02:01:13 GMT 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा घरबाट प्रहरीले नियन्त्रणमा लिएर करिब १० घण्टा टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको घटनाप्रति सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ। तर, यही घटनाले अर्को गम्भीर प्रश्न पनि जन्माएको छ—न्यायालयलाई यति हतार किन ?
जबरालाई प्रहरीले पक्राउ गरेको हो कि सुरक्षा कारणले सुरक्षित स्थानमा लगेको हो—अहिलेसम्म यही आधारभूत प्रश्नसमेत पूर्ण रूपमा स्पष्ट छैन। प्रहरीको प्रारम्भिक भनाइमा नियन्त्रणमा लिइएको भनिए पनि पछि सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा लगिएको स्पष्टीकरण आएको छ। के कारणले सुरक्षा खतरा थियो, खतरा कसबाट थियो र घरबाटै टेकु पुर्याउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्नको स्पष्ट सार्वजनिक जवाफ पनि आएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)