चन्द्रपुरमा विवाह गर्दा वडाको सिफारिस अनिवार्य
ratopati.com · Thu Mar 14 01:08:00 GMT 2024
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ । चन्द्रपुर नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै नगरक्षेत्रका नागरिकले कसैको विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य गरेको हो।
बालविवाह अन्त गर्न पालिकाभित्रका दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताए । कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको प्रशासकीय अधिकृत तिवारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)