मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै प्रेस युनियनले पत्रकार महासंघमा लगायाे तालाबन्दी
barnanmedia.com · Fri Jun 28 22:33:48 UTC 2024

मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको नेतृत्वमा गएको टोलीले शुक्रबार रााति १० बजे तिलगंगास्थित महासंघको कार्यालयमा ताला लगाएको हो ।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली प्रकाशन गरेको थियो । युनियनको तालाबन्दीले महासंघको यही असार २२ गते तय गरिएको मतदान कार्यक्रमलगायत निर्वाचन तालिका प्रभावित हुने सम्भावना बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)