झलनाथ ब्याक हुँदा घनश्यामलाई राहत, प्रतिष्ठाको लडाइँमा माधव नेपाल
barnanmedia.com · Fri Jun 28 22:42:09 UTC 2024

माधवकुमार नेपाल पार्टीभित्रै प्रतिष्ठाको लडाइँमा आइपुगेका छन्। एमालेसँग छुट्टिएर ०७८ मा एकीकृत समाजवादी गठन गरेका नेपाल पार्टीको पहिलो महाधिवेशन गर्दैछन्, तर पहिलो महाधिवेशनमै उनलाई घनश्याम भुसाल चुनौती दिँदैछन्।
नेपाल यस्तो मोडमा आइपुगेका छन् कि यदी अध्यक्षमा भुसालसँग पराजित भएमा उनको राजनीतिको सर्वस्व गुम्नेछ, चुनाव जितेछन् भने पनि कुनै नौलो हुने छैन। बरु घनश्याम भने राजनीतिको यस्तो मोडमा पुगेका छन्, बहाललाई अध्यक्षलाई हराउन सके उनको उचाइँ अझ बढ्ने छ, हारेछन् भने पनि उनलाई राजनीतिक रुपमा कुनै घाटा हुने छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)