५ वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास संक्रमणको दर बढ्दो
himalpress.com · Tue Sep 29 02:40:56 GMT 2026

चितवन- जिल्लामा ५ वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास संक्रमणको दर बढेको छ। आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा यो सङ्ख्या बढेको हो।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रतिहजार बालबालिकामा ४३१ जनामा यो समस्या देखिएको थियो । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या ३९६ रहेको थियो। हरेक वर्ष यस्तो रोगका बालबालिका बढ्दै गएको भन्दै उनले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न अनुरोध गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)