युक्रेनको पुनर्निर्माणका लागि ७५० अर्ब डलर चाहिन्छ : युक्रेनी प्रधानमन्त्री
baahrakhari.com · Tue Jul 05 17:56:00 GMT 2022
किभ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिगलले रुसी आक्रमणबाट भएका सम्पूर्ण क्षतिबाट पार लगाउने तीन चरणको योजना पूरा गर्न ७ सय ५० अर्ब अमेरिकी डलरको आवश्यक पर्ने बताएका छन् ।
स्विजरल्यान्डले सोमबार आयोजना गरेको ‘युक्रेन रिकभरी कन्फरेन्स’मा स्मिगलले रुसको आक्रमणका कारण युक्रेनको पूर्वाधारमा १ सय अर्ब डलर भन्दा बढी प्रत्यक्ष क्षति पुगेको बताएका छन् । उनले ७ सय ५० अर्ब डलर मूल्य पुगिसकेको नवीकरण योजनाका लागि कसले पैसा तिर्ला भनी प्रश्न पनि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)