मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

nagariknews.nagariknetwork.com · Tue Sep 29 02:40:10 GMT 2026

जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ। आर्थिक वर्ष २०८१-०८२ को तुलनामा आर्थिक वर्ष २०८२-०८३ मा यो सङ्ख्या बढेको हो।

जनस्वास्थ्य कार्यालयका जनस्वासथ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रतिहजार बालबालिकामा ४३१ जनामा यो समस्या देखिएको थियो। उनका अनुसार आर्थिक वर्ष २०८१-०८२ मा यो सङ्ख्या ३९६ रहेको थियो। हरेक वर्ष यस्तो रोगका बालबालिका बढ्दै गएको भन्दै उनले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न अनुरोध गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)