जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्यो पोलिसी डायलग
nagariknews.nagariknetwork.com · Tue Sep 29 02:41:57 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय (वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ। नीति निर्माणमा सरकारलाई नीतिगत राय सल्लाह सुझाव दिँदै आएको वेक्सले सबै सरोकारवारलाको चासो समेट्न पोलिसी डायलग सुरु गरेको गरेको हो।
आयोगका सहसचिव टिकाराम बरालका अनुसार सोमबारदेखि सुरु भएको नीति सम्वादको पहिलो श्रृंखलामा कोरिडोर विकास योजनाबारे छलफल भएको छ। नेपालमा एकीकृत, उत्थानशील र दिगो नदी कोरिडोर विकास कसरी गर्ने भनेर नीति सम्वादमार्फत विज्ञहरूको सुझाव लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)