डोल्पा भित्रको विविधता (तस्वीरहरु)
nepalviews.com · Tue Sep 29 02:46:21 GMT 2026

नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा क्षेत्रफलका हिसाबले मात्र ठूलो होइन, प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक तथा ऐतिहासिक सम्पदाका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण जिल्ला हो । हिमाल, उच्च पहाडी भूभाग, गहिरा खोँच, नदी, ताल, झरना, प्राचीन गुम्बा, मौलिक संस्कृति र दुर्लभ वन्यजन्तुले डोल्पालाई नेपालको विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाएका छन्।
दक्षिणतर्फ धौलागिरि हिमश्रृङखला, पश्चिममा सिस्ने र कान्जिरोवा हिमाल तथा उत्तरमा तिब्बती पठारले घेरिएको यो जिल्ला भौगोलिक रूपमा कठिन भए पनि पर्यटन र जलविद्युत्का हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)