बाढीपहिरोमा परी मृत्यु भएकाको परिवारलाई गण्डकी सरकारले १ लाख दिने, किरिया खर्चबापत २५ हजार
himalpress.com · Tue Sep 29 02:54:11 GMT 2026

काठमाडौँ- गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई १ लाखका दरले राहत दिने निर्णय गरेको छ। किरिया खर्चबापत २५ हजार दिने भएको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए । बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)