मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

barnanmedia.com · Fri Jun 28 23:08:20 UTC 2024

काठमाडौँ, १५ असार : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)