मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा को बन्लान् राष्ट्रपति ?

rajdhanidaily.com · Fri Jun 28 23:17:36 UTC 2024

बग्दाद (इरान) । इरानमा गत महिना हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । करिब ६ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन् ।

आज (शनिबार) बिहानसम्ममा प्रारम्भिक र भोलि आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ । प्रतिबन्धको चपेटामा परेको इरानमा इस्लामिक गणतन्त्र र यसका कट्टर प्रतिद्वन्द्वी इजरायल र संयुक्त राज्य अमेरिकाबीच गाजा युद्ध जारी रहँदा क्षेत्रीय तनाव भइरहेका बेला निर्वाचन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)