मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्मचारीले घुस मागे खबर गर्न मन्त्रीको अनुरोध

barnanmedia.com · Fri Jun 28 23:12:48 UTC 2024

काठमाडौँ, १५ असार : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मालपोत तथा नापीका कर्मचारी घुस मागे आफूलाई खबर गर्न अनुरोध गर्नुभएको छ ।

आज सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत र नापी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले गल्ती गर्नेलाई माफी दिन सकिने तर, अपराध गर्नेलाई छुट दिन नसकिने बताउनुभयो । नागरिकको सेवा सुविधाको लागि खटिने कर्मचारीले गरेका सामान्य गल्ती कमजोरीलाई लिएर उनीहरुको मनोबल गिराउने काम नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)