जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु
khabarhub.com · Tue Sep 29 03:28:58 GMT 2026

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा आयोगको सचिवालय (वेक्स)ले नीतिगत संवाद सुरु गरेको छ । नीति निर्माणमा सरकारलाई नीतिगत राय सल्लाह सुझाव दिँदै आएको वेक्सले सबै सरोकारवारलाको चासो समेट्न पोलिसी डायलग सुरु गरेको हो ।
जल तथा ऊर्जा आयोगका सहसचिव टिकाराम बरालकाअनुसार सोमबारदेखि सुरु भएको नीति संवादको पहिलो श्रृंखलामा कोरिडोर विकास योजनाबारे छलफल भएको छ । नेपालमा एकीकृत, उत्थानशील र दिगो नदी कोरिडोर विकास कसरी गर्ने भनेर नीति सम्वादमार्फत विज्ञहरुको सुझाव लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)