चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको बजेट स्वीकृत
ratopati.com · Wed Jul 29 09:15:29 GMT 2026

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)