संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा परराष्ट्रमन्त्री खनाल र महासभाध्यक्ष डा. रहमानबिच भेटवार्ता
nepallive.com · Tue Sep 29 03:30:38 GMT 2026

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा परराष्ट्रमन्त्री खनालले ८१औँ महासभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा डा. रहमानलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री खनालले अध्यक्षको कार्यकालभरि नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)