स्पेसएक्सको स्टारसिपबाट पहिलोपटक 'V3' स्टारलिंक भूउपग्रह अन्तरिक्षमा
nepalviews.com · Tue Sep 29 03:30:26 GMT 2026

काठमाडौं । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको विशाल रकेट 'स्टारसिप'ले सोमबार पहिलोपटक सफलताका साथ पृथ्वीको कक्ष (अन्तरिक्ष) मा पुगेर नयाँ कीर्तिमान कायम गरेको छ। १४ औँ परीक्षण उडानका क्रममा स्टारसिपले कम्पनीको उन्नत 'V3' (भी-३) स्टारलिंकका २६ वटा भूउपग्रहहरूलाई सफलतापूर्वक कक्षमा स्थापित गरेको हो।
दक्षिण टेक्सासस्थित स्टारबेस प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार बिहान ७:४९ बजे स्टारसिपले उडान भरेको थियो। उडानका क्रममा एउटा र्याप्टर (Raptor) इन्जिनमा प्राविधिक समस्या आएपछि केही समयका लागि प्रयास रोकिए पनि तथ्याङ्क विश्लेषणपछि इन्जिन पुनः सुरु गरी रकेटलाई कक्षमा पुर्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)