मुख्य सिजनमै तातोपानी कुण्डमा क्षति, पोखरीमा बाढी पसेर हिलो थुप्रियो
himalpress.com · Tue Sep 29 03:33:58 GMT 2026

म्याग्दी- यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पुर्याएको छ।
तीनवटा पोखरीमध्ये बिरामीले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकहरुका सञ्चालित सानो पोखरी बाढीले भत्काएको छ। कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्यांकी राखेका भवन र खुला स्नानस्थल माथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)