मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम विश्लेषण : मनसुन सक्रियहुँदा देशैभर भारी वर्षा, कुन स्थानमा कस्तो छ अबस्था ?

ajakoartha.com · Fri Jun 28 23:44:00 UTC 2024

काठमाडाैं - मनसुन सक्रियहुँदा देशैभर भारी वर्षाको संम्भावना रहेको छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक- दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशभर थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)