प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
khabarhub.com · Tue Sep 29 03:39:31 GMT 2026

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति भएको छ ।
तीन वटा पोखरीमध्ये बिरामीहरुले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकहरुका सञ्चालित सानो पोखरी बाढीले भत्काएको छ । कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखेका भवन र खुला स्नानस्थल माथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)