किन काला हुँदैछन् सेताम्मे हिमाल?
nepallive.com · Tue Dec 12 01:11:48 GMT 2023
गण्डकी- ‘विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ,’ विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भने, ‘जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकुलन हुनुको विकल्प हामीसँग छैन।’
पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ?’ शीर्षकमा भएको समूहगत छलफलमा उनले पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताए। संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्ष भित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)