मध्यस्थकर्ताहरूमार्फत छुट्टाछुट्टै वार्तामा अमेरिका र इरान
nepalviews.com · Tue Sep 29 03:43:17 GMT 2026

एजेन्सी । गत फेब्रुअरीदेखि जारी सात महिना लामो युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरान मध्यस्थकर्ताहरूमार्फत पुनः छुट्टाछुट्टै वार्तामा बसेका छन्। दुवै देशका अधिकारीहरूले सोमबार मध्यस्थकर्ताहरूमार्फत कुराकानी सुरु भएको पुष्टि गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा इरानले पेस गरेको सात दिने युद्धविराम प्रस्तावको परिमार्जित स्वरूपमाथि अबका वार्ताहरू केन्द्रित हुने बताइएको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्ची महासभापछि पनि न्युयोर्कमै रोकिएर अमेरिकी औपचारिक प्रतिक्रियाको पर्खाइमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)