मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने

rajdhanidaily.com · Sun Jun 07 13:08:29 GMT 2026

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालसँग हङकङ भिड्ने भएको छ । आइतबार दोस्रो सेमिफाइनमाल मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनल पुगेको हो। पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङबिचको फाइनल भिडन्त सोमबार सिंगापुरमा हुनेछ।

सुरुमा ब्याटिङ गर्दै मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले चार विकेटको क्षतिमा १८ ओभर २ बलमा १२० रन पुरा गर्दै भेट्टाएको हो । पहिलो सेमिफाइनलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९‍।२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय