काठमाडौँमा दुई अल्ट्रा लक्जरी होटल खुल्ने, सीजी र म्यारियटबीच सम्झौता
nepalpress.com · Sun Jun 07 13:09:28 GMT 2026

काठमाडौँ । नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा एउटा ठूलो र ऐतिहासिक व्यावसायिक साझेदारी भएको छ । विश्वप्रसिद्ध होटल सञ्जाल म्यारियट इन्टरनेसनल र चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुईवटा बहुप्रतिक्षित अल्ट्रा लक्जरी होटल सञ्चालनका लागि औपचारिक सम्झौता भएको हाे ।
सम्झौताअनुसार काठमाडौँको ठमेल र लाजिम्पाट क्षेत्रमा द रिट्ज–कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालनमा आउने भएका छन् । यो साझेदारीले दुवै कम्पनीबीचको व्यावसायिक सहकार्यलाई थप बलियो बनाउँदै नेपालको लक्जरी पर्यटनलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)