वातावरणीय अध्ययनपछि मात्रै पूर्वाधार आयोजना अघि बढाउँदै कर्णाली सरकार
nepalviews.com · Tue Sep 29 03:54:55 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले विकास निर्माणका क्रममा हुने वातावरणीय क्षति न्यूनीकरण गर्न पूर्वाधार आयोजनाको वातावरणीय अध्ययनलाई अनिवार्य बनाएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले वातावरणीय अध्ययनको प्रक्रिया पूरा गरेपछि मात्रै आयोजना कार्यान्वयनमा लैजाने नीति अघि सारेको हो ।
मन्त्रालयका अनुसार हालसम्म कर्णालीका १० जिल्लाका ६३ वटा आयोजनाले वातावरणीय अध्ययनका लागि प्रस्ताव पेस गरेका छन् । तीमध्ये ५६ आयोजनाले कार्यसूची पेस गरेका छन् भने ३६ आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ । थप २७ आयोजनाको प्रतिवेदन स्वीकृत हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)