जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्यो पोलिसी डायलग
annapurnapost.com · Tue Sep 29 03:41:07 GMT 2026

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत संवाद सुरु गरेको छ । नीति निर्माणमा सरकारलाई नीतिगत राय सल्लाह सुझाव दिँदै आएको वेक्सले सबै सरोकारवारलाको चासो समेट्न पोलिसी डायलग सुरु गरेको गरेको हो ।
जल तथा ऊर्जा आयोगका सहसचिव टिकाराम बरालकाअनुसार सोमबारदेखि सुरु भएको नीति संवादको पहिलो श्रृंखलामा कोरिडोर विकास योजनाबारे छलफल भएको छ । नेपालमा एकीकृत, उत्थानशील र दिगो नदी कोरिडोर विकास कसरी गर्ने भनेर नीति संवाद मार्फत विज्ञहरुको सुझाव लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)