आज २१औं राष्ट्रिय धान दिवस :“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने नाराका साथ देशभरै मनाइदै
ajakoartha.com · Fri Jun 28 23:52:00 UTC 2024

काठमाडाैं- सरकारले आज “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने नाराका साथै धान दिवस मनाउँदै छ । धान उत्पादनमा वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको आएको छ। यसै सन्दर्भमा यस वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको छ ।
प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो। हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ। यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो। जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्वद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)