मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस एक्लै चुनावी अभियानमा

annapurnapost.com · Wed Mar 16 06:15:00 GMT 2022

काठमाडौं : नेपाली कांग्रेसको एक महिने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका कांग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो।

आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ। कांग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै कांग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन्। यद्यपि, चुनावमा भने एक्लै जाने कि गठबन्धनमा यसबारे ठोस निर्णय भने बनाइसकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)