ट्रम्प भन्छन्- इरानलाई आर्थिक छुट र रोक्का रकम फुकुवा गर्ने प्रस्ताव गरिएको छैन
nepalviews.com · Tue Sep 29 03:57:03 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पारमाणविक मुद्दामा लचकता अपनाएबापत इरानमाथिको प्रतिबन्ध हटाउने र रोक्का राखिएको रकम फुकुवा गर्ने प्रस्ताव गरिएको भन्ने समाचारको खण्डन गरेका छन्। उनले तेहरानलाई त्यस्तो कुनै पनि छुट नदिइएको स्पष्ट पारेका हुन्।
अमेरिकी समाचार संस्था 'एक्सियोस' र 'सिएनएन'ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानले पारमाणविक कार्यक्रममा 'ठोस प्रगति' देखाएमा ट्रम्प प्रशासन प्रतिबन्ध फुकुवा गर्न र रोक्का सम्पत्ति फिर्ता गर्न तयार रहेको समाचार प्रकाशित गरेका थिए। उक्त समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जाल 'ट्रुथ सोसियल'मा प्रतिक्रिया दिँदै ट्रम्पले लेखेका छन्, ‘यो पूर्ण रूपमा असत्य हो। मैले उनीहरूलाई केही पनि प्रस्ताव गरेको छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)