कलामा देखियो पर्यटनको मौलिक पहिचान
newsofnepal.com · Tue Sep 29 04:05:48 GMT 2026

काठमाडौँ उपत्यकाको पर्यटन प्रवर्धनमा कला र संस्कृतिलाई जोड्ने उद्देश्यसहित विश्व पर्यटन दिवस २०२६ को अवसरमा हालै एकदिने चित्रकला तथा फोटो प्रदर्शनी आयोजना गरिएको छ। उद्योग, पर्यटन श्रम तथा यातायात मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन कार्यालय काठमाडौ“ले राजधानीमा प्रदर्शनीस“गै अन्तक्र्रिया कार्यक्रम गरेको हो। सोही अवसरमा साइकल यात्रासमेत आयोजना गरिएको थियो।
कार्यक्रम आरम्भ गर्दै बागमती प्रदेशका उद्योग, पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले पर्यटनको आधार कला र संस्कृति भएको चर्चा गरे। प्रदर्शनीमा १५ कलाकारका २० भन्दा बढी कलाकृति राखिएका थिए। प्रदर्शनीमा देवेन्द्र थुम्केली, एससी सुमन, केशवराज खनाल, प्रदिप अधिकारी, प्रकाश मिजार, सञ्जय प्रधान, रामनारायण महतो, बिके नरबहादुर, आवरण पौडेल, शोभा ढकाल, सिकेन्दर चौधरी सिके, देवांशी काफ्ले, नारायण ढु“गानालगायत कलाकार सहभागी थिए। कलाकारहरूले नेपाल तथा बागमती प्रदेशका सभ्यता, सम्पदा, संस्कृति, प्रकृति, जनजीवन तथा पर्यावरणलाई विषय बनाएर कलाकृति तयार पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)