मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलमा आज चार खेल हुँदै

ratopati.com · Tue Sep 29 04:14:38 GMT 2026

काठमाडौँ । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ अन्तर्गत मंगलबार चार खेल हुँदैछ ।

बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा जारी प्रतियोगितामा पहिलो खेलमा खैरा भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लब प्रतिस्पर्धा गर्दैछन् । यस्तै दोस्रो खेलमा गल्कोट भलिबल क्लब र भारतको गुजराज क्लब, तेस्रो खेलमा श्रीलंका पुलिस क्लब र विभागीय टोली नेपाल पुलिस क्लब तथा चौथो खेलमा सभापोखरी भलिबल क्लब र नेपाल एपीएफ क्लब खेल्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)