मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गणतन्त्रले जन्माएका राजा महाराजा !

rajdhanidaily.com · Tue Jan 02 23:33:12 GMT 2024

करिब तीन दशकको उमेर नाघिसकेका अहिलेका पुस्ताले पनि राजतन्त्र र गणतन्त्रको अनुभूति गरिसकेका छन् । परिवर्तित जनमानसिकताअनुकूल नभएको भनी १५ वर्षअगाडि हटाइएको राजतन्त्र नै ठीक भन्ने आवाजहरू पनि अहिले सुनिन थालिएको छ । तथापि, यी राजतन्त्र पक्षधर आवाज अहिले नै विस्तारित एवं व्यापक बन्ने अवस्था भनेछैन । २ सय ५४ वर्ष टिकेको राजतन्त्र हटाउनुको कारण तथा केबल १५ वर्षकै कार्यकालमा गणतन्त्रको विकल्पमा राजतन्त्र नै ठीन भन्ने आवाज उठ्नुको कारणकै सेरोफेरोमा यस स्तम्भलाई केन्द्रित गरिएको छ ।

गणतन्त्र र राजतन्त्रमा कतिपय समानता पनि थिए । समानतामध्येको पहिलो एकाधिकार हो । राजतन्त्रमा एकाधिकार राजामा केन्द्रित थियो भने गणतन्त्रमा कार्यकारी प्रधानमन्त्रीमा केन्द्रित छ । राजामा केन्द्रित एकाधिकारको प्रयोग मन्त्रिमण्डलमार्फत राज्यसंयन्त्रद्वारा प्रयोग हुन्थ्यो । तर, गणतान्त्रिक एकाधिकार सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद्मार्फत प्रधानमन्त्रीद्वारा प्रयोग हुनुपर्ने व्यवहारमा भएको छैन । संवैधानिक व्यवस्था यस्तो भए पनि प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले एकाधिकार प्रयोग गर्दै आए । गणतन्त्र र राजतन्त्रमा हुने अर्को समानता शासकीय सर्वोच्चता हो । हाम्रो लोकतान्त्रिक व्यवस्थानुसार राज्यको सर्वोच्च प्रशासक कार्यकारी प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीले संसद्द्वारा निर्मित ऐन कानुनअनुरूपकै राज्य सञ्चालन गर्ने मान्यता भए पनि विधिको उपेक्षा गर्दै व्यक्तिगत एवं समूहगत स्वार्थमा राज्य सञ्चालन गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखियो । यो लोकतान्त्रिक अधिकार सीमाबाहिर पुगेको दृष्टान्त हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)