बहुपक्षीय मञ्चमा नेपाल : उपस्थिति र प्रभावबिच गहिरो खाडल
ratopati.com · Tue Sep 29 04:18:15 GMT 2026

नेपाल विश्वमञ्चबाट हराएको वा अन्तर्राष्ट्रिय प्रणालीले बिर्सेको देश होइन। संयुक्त राष्ट्रसंघको सदस्यका रूपमा नेपालले बहुपक्षीयताको पक्षमा दशकौँदेखि निरन्तर र निष्ठापूर्वक भूमिका खेल्दै आएको छ।
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा ठुलो सैनिक तथा प्रहरी योगदान गर्ने मुलुकका रूपमा नेपालको परिचय विश्वव्यापी रूपमै स्थापित छ। सन् २०२६ को जनवरी महिनाको संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना विभागको आधिकारिक अभिलेखअनुसार शान्ति अभियानमा नेपालका चार हजार चार सय असी सैनिक तथा प्रहरी कार्यरत थिए र सेना योगदानकर्ताहरूको विश्वव्यापी सूचीमा नेपाल पहिलो स्थानमा रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)