यातायात व्यवस्था कार्यालयबाट रु ३५ करोड राजश्व सङ्कलन
ratopati.com · Tue Sep 29 04:26:17 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड बढी राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिम यातायात कार्यालयबाट रु ३५ करोड आठ लाख ४३ हजार ५९० राजस्व सङ्कलन गरिएको हो ।
जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतबाट रु २९ करोड ५६ लाख नौ हजार ४१० राजस्व सङ्कलन भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)