१४ टोली, एक विश्वकप : बिहीबार खुल्दैछ भिडन्तको खाका
nagariknews.nagariknetwork.com · Tue Sep 29 04:24:15 GMT 2026
दक्षिण अफ्रिका र जिम्बाब्वेमा आयोजना हुने २०२७ एकदिवसीय विश्वकपको खेलतालिका बिहीबार सार्वजनिक हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र क्रिकेट दक्षिण अफ्रिकाले अक्टोबर १ मा केप टाउनमा विश्वकपको खेलतालिका सार्वजनिक गर्नेछन्।
विश्वकप सुरु हुन एक वर्ष बाँकी रहेको अवसरमा खेलतालिकासँगै टिकट बिक्रीका लागि ‘बलट’ प्रक्रिया पनि सुरु गरिनेछ। तत्काल टिकट खरिद गर्न भने पाइने छैन। अक्टोबर १ देखि समर्थकले टिकट बलटका लागि आफ्नो नाम दर्ता गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)