सभापतिमा दोहोरिने तयारीमा रहेका गगन सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन
nepalviews.com · Tue Sep 29 04:28:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । महाधिवेशनमा भाग लिने महाधिवेशन प्रतिनिधि चयन गर्ने संघीय निर्वाचन क्षेत्र अधिवेशन आज सकिँदै छ । अविरल वर्षाका कारण केही जिल्ला तथा क्षेत्रमा अधिवेशन प्रभावित भए पनि लगभग आज क्षेत्रीय अधिवेशन सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । १६५ वटै निर्वाचन क्षेत्रबाट समावेशीलगायत कोटाबाट महाधिवेशन प्रतिनिधिहरू चयन हुन्छन् । महाधिवेशन प्रतिनिधिहरूबाटै केन्द्रीय कार्यसमिति तथा महासमिति चयन हुन्छ ।
कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाएर क्षेत्रबाटै महाधिवेशन प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था गरेको छ । गत वर्ष भएको विशेष महाधिवेशनले यो व्यवस्था गरेपछि हाल केन्द्रीय कार्यसमितिका सभापतिदेखि सदस्यसम्म महाधिवेशन प्रतिनिधि हुन क्षेत्रमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)