श्राद्धमा पनि लैङ्गिक भेद ?
ratopati.com · Tue Sep 29 04:46:44 GMT 2026

हिन्दू संस्कारअनुसार अहिले सोह्र श्राद्ध चलिरहेको छ। हिन्दू परम्परामा आफ्ना दिवंगत पितृहरूको स्मरण, सम्मान र तर्पण गर्ने विशेष समयका रूपमा सोह्र श्राद्धलाई लिइन्छ। यस अवसरमा दिवंगत माता–पिता, बाजे–बज्यै तथा पूर्वजहरूको सम्झनामा श्राद्ध, तर्पण र पिण्डदान गर्ने परम्परा छ।
पितृप्रति कृतज्ञता व्यक्त गर्दा वंश, परिवार र पूर्वजप्रतिको दायित्व पूरा हुने धार्मिक विश्वास छ। यस अवधिमा दान, पुण्य, ब्राह्मण भोजन तथा सत्कर्म गर्ने परम्परा पनि रहिआएको छ। दिवंगत प्रियजनलाई सम्झने, परिवारमा श्रद्धा र कृतज्ञताको भावना अभिव्यक्त गर्ने अवसरका रूपमा पनि सोह्र श्राद्धलाई लिइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)