गुडिरहेको बसमाथि ढुंगा खस्दा चार यात्रु घाइते, दुईको अवस्था गम्भीर
gorkhapatraonline.com · Tue Sep 29 04:52:49 GMT 2026

कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा माथिबाट खसेको ढुंगा बसमा लाग्दा चार यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई पुरुषको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।
मङ्गलबार बिहान करिब १ः२५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरखोलामा काठमाडौँबाट दाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७३० नम्बरको बसमाथि अचानक ढुंगा खसेर लागेको थियो । बस चालक चितवनको रत्ननगर नगरपालिका–११ का ४९ वर्षीय लोक बस्नेतका अनुसार ढुंगा खसेपछि बसमा सवार यात्रु घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)