मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लैनचौर निवासमा सर्न मानेनन् सभामुख 

nayapatrikadaily.com · Wed Feb 01 00:20:00 GMT 2023

संसद् सचिवालयले नयाँ आउने सभामुखका लागि भनेर लैनचौर निवासलाई तयारी अवस्थामा राखेको थियो, तर नवनिर्वाचित सभामुख देवराज घिमिरेले त्यहाँ बस्न अस्वीकार गरेपछि सरकार बालुवाटारमा सरकारी आवासको व्यवस्थापनमा जुटेको छ

नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित सभामुख निवासमा बस्न अस्वीकार गरेका छन् । बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बस्न थालेपछि तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले लैनचौरस्थित सरकारी निवासमा कार्यकाल पूरा गरेका थिए । घिमिरेले लैनचौर सर्न नमानेपछि सरकार बालुवाटारमा सरकारी आवासको व्यवस्थापनमा जुटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)