राजमार्ग बन्द हुँदा यात्रु मर्कामा
gorkhapatraonline.com · Tue Sep 29 05:07:43 GMT 2026

बाढीपहिरोका कारण सङ्घीय राजधानी काठमाडौँ जोड्ने प्रमुख सडक बन्द हुँदा यात्रु तथा यातायात व्यवसायी मर्कामा छन् । यातायात व्यवसायीले दैनिक लाखौँ रुपियाँ बराबरको क्षति बहोर्नु परेको बताएका छन् । सधैँ सवारीसाधनको चाप रहने बिपी राजमार्ग बाढीपहिरोका कारण अहिले सुनसान बनेको छ ।
बर्दीबासस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक बाबुराम कार्कीका अनुसार चार दिनदेखि बिपी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन हुन सकेको छैन । राजमार्गको खुर्कोट–भकुन्डेबेँसी खण्ड सोमबार पनि बन्द छ । बिपी राजमार्गमा असोज ९ देखि नियमित आवागमन ठप्प भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)