आसेपासेवादले भद्रगोल वायुसेवा निगम
nepalnews.com · Tue Sep 29 04:15:34 GMT 2026

नेपाल वायु सेवा निगम अध्यक्षविहीन भएको डेढ महिना पुग्न लागेको छ। ४ भदौमा सर्वोच्च अदालतले निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेपछि निगम सञ्चालक समिति नेतृत्वविहीन छ। सरकारले श्रेष्ठलाई ३० असारमा महाप्रबन्धकको कामकाजसमेत गर्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो।
सर्वोच्च अदालतले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३ विपरीत नियुक्त गरिएको भन्दै श्रेष्ठको नियुक्ति बदर गरेको थियो। उक्त मापदण्डअनुसार कार्यकारी प्रमुख ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)