पर्वतमा सुख्खा पहिरोले घर पुरिंदा च्यापिएका वृद्धको उद्धार
nepalsamaya.com · Tue Sep 29 04:31:04 GMT 2026

पर्वत- पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका ६५ वर्षीय आत्माराम आचार्यको सकुशल उद्धार गरिएको छ।
आज बिहान माथिबाट ढुङ्गामाटोसहितको पहिरो खस्दा आचार्य घरभित्र च्यापिएका थिए। उद्धार टोलीले उनलाई सुरक्षित स्थानमा निकालेको हो। आचार्यको दाहिने आँखामाथि र टाउकोमा चोट लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)