आजको मौसम
emountaintv.com · Tue Sep 29 04:22:32 GMT 2026

काठमाडौँ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । राति देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)