मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरादेखि कोरला नाकासम्म बाढी पहिरोले भत्किएका सडक खुलाउने कार्य सुरु

kendrabindu.com · Tue Sep 29 03:44:32 GMT 2026

बागलुङ । बाढीले क्षतिग्रस्त पोखरादेखि मुस्ताङको कोरला नाका सम्मको क्षतविक्षत सडक खुलाउन काम थालिएको छ । सडक विभाग पोखरा र बागलुङ तथा स्थानीय तहको समन्वयमा दुवै तर्फबाट काम थालिएको हो ।

कालीगण्डकीको बाढीले आइतबार नयाँपुल, सहश्रधारा, मालढुंगासहित म्याग्दीसम्मका खण्डमा सडक क्षत विक्षत बनाएको छ । सोमबार पोखरास्थित सिनियर डिभिजन प्रमुख कृष्णप्रसाद अधिकारी नेतृत्वको प्राविधिक टोलीले स्थलगत अध्ययन गरी तत्काल २ वटा एस्काभेटरबाट काम थालिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)