मौलिकता जोगाउँदै पर्यटनको गन्तव्य बन्दै लमजुङको सिङ्दी
kendrabindu.com · Tue Sep 29 04:47:51 GMT 2026

लमजुङ। ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली। वरिपरि हरियाली पहाड र शान्त वातावरण। लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछन्।
प्रकृति, संस्कृति र परम्परागत जीवनशैलीको सङ्गम सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको छ। विगतमा प्रचारप्रसारको अभावमा ओझेलमा परेको सिङ्दीमा विसं २०७६ देखि घरबास (होमस्टे) सञ्चालनमा आएपछि पर्यटकको आवागमन बढ्न थालेको हो। होमस्टे औपचारिक रूपमा भने विसं २०८१ मा दर्ता भएको हो। गाउँका २३५ घरमध्ये अहिले १८ घरमा घरबास सञ्चालनमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)